काठमाडौं, २१ पुस । रास्वपाको बन्दसूचीमा रहेका मिलन लिम्बूले नाम फिर्ता लिएको घोषणा गर्नुभएको छ ।सामाजिक सञ्जालमार्फत् उहाँले नाम फिर्ता लिने निर्णय गरेको जानकारी गराउनुभएको हो । लिम्बूको नाम आदिबासी जनजाति क्लस्टरको ६ नम्बरमा थियो ।
पार्टी र नेतृत्वसँगको सल्लाह अनुसार समानुपातिकतर्फ उम्मेदवारी दिएको भन्दै एकताबाट आएकाहरूलाई व्यवस्थापन नेतृत्वको बाध्यतालाई बुझेर नाम फिर्ता लिएको उहाँको भनाइ छ । इलाम २ को उपचुनावमा लिम्बू रास्वपाबाट उठ्नुभएको थियो । त्यहाँ एमालेका सुहाङ नेम्वाङले जित हात पार्नुभएको थियो ।









प्रतिक्रिया