माधवको पार्टी खारेज गर्न एमाले अध्यक्ष ओलीले सर्वोच्चमा दिएको रिट खारेज

काठमाडौं, २१ पुस  । सर्वोच्च अदालतले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको दर्ता खारेज हुनपर्ने माग अस्वीकार गरेको छ ।

न्यायाधीशहरू डा. मनोज शर्मा र सुनिलकुमार पोखरेलको इजलासले एमाले अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको रिट निवेदन खारेज गरेको हो ।माधव–झलनाथ समूहले एमाले फुटाएर निर्वाचन आयोगमा एकीकृत समाजवादी गठन गरेलगत्तै ओलीले दर्ता खारेज हुनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिनुभएको थियो ।रिट निवेदन खारेज गरेपनि सर्वोच्च अदालतले केही निर्देशनात्मक आदेश जारी हुने जनाएको छ । तर, निर्देशनात्मक आदेश जारी गरिसकेको छैन ।

प्रकाशित मिति: २१ पुस २०८२, सोमबार  १८ : ५८  बजे