दलमा लागेका मन्त्रीहरूलाई तत्काल बर्खास्त गर्नुस्–उपमहासचिव रघुवीर महासेठ

काठमाडौं, २० पुस। नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठले राजनीतिक दलसँग आबद्ध अन्तरिम सरकारका मन्त्रीहरूलाई प्रधानमन्त्रीले तत्काल बर्खास्त गर्नुपर्ने बताउनुभएको छ । उहाँले आइतबार जनकपुरधाममा सञ्चारकर्मीसँग महासेठले चुनावी सरकारमा गएका मन्त्रीहरू आफ्नो नैतिकताविपरीत राजनीतिक क्रियाकलापमा सक्रिय रहेकाले राजीनामा दिनुपर्ने र राजीनामा नआए प्रधानमन्त्रीले तत्काल बर्खास्त गर्नुपर्ने बताउनुभएको हो ।

पार्टी गठन गर्ने र प्रधानमन्त्री बन्ने सपना देखेर सरकारमा बस्नेहरूले राजीनामा दिएर चुनावी मैदानमा आउनुपर्ने उहाको भनाइ छ । महासेठले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने वातावरण सरकारले बनाउन नसकेको जिकिर गर्नुभयो । सरकार आफैँ निर्वाचन बिथोल्न प्रक्रियामा अघि बढिरहेको उहाँको आरोप छ । जेन(जी आन्दोलनका क्रममा लुटिएका हजारौँ हतियार र भागेका कैदी फिर्ता हुन नसकेको अवस्थामा भयरहित र निष्पक्ष चुनाव हुनेमा महासेठले शंका गर्नुभयो ।

प्रकाशित मिति: २० पुस २०८२, आइतबार  १६ : १५  बजे