लमजुङमा उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङसहित ६ जनाको नाम सिफारिस

काठमाडौं, १९ पुस ।  नेकपा एमाले जिल्ला कमिटी लमजुङले प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि केन्द्रीय उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङसहित ६ जनाको नाम सिफारिस गरेको छ । शनिबार बसेको जिल्ला कमिटी बैठकले गुरुङसहित ६ जनाको नाम सिफारिस गरेको हो । जसमा जमिन्द्रमान घले, कृष्णप्रसाद अधिकारी, धनन्जय दवाडी, भगवती थापा र लक्ष्मीदेवी अधिकारी छन् । २०७९ को प्रतिनिधि सभा निर्वाचनमा पृथ्वीसुब्बा गुरुङ निर्वाचित हुनुभएको थियो ।

प्रकाशित मिति: १९ पुस २०८२, शनिबार  १८ : ४२  बजे