काठमाडौं, १९ पुस । नेकपा एमाले गुल्मीको दुईवटा निर्वाचन क्षेत्र मध्ये १ नम्बर क्षेत्रमा प्रदीप ज्ञवालीको एकल नाम सिफारिस भएको छ भने २ नम्बर क्षेत्रमा केन्द्रीय उपाध्यक्ष गोकर्ण विष्ट, नेतृ रामकुमारी झाँक्री, राजेन्द्र अर्यालसहित ६ जनाको नाम प्रस्तावित छ । एमाले गुल्मीका अध्यक्ष बालसिंह काउछाका अनुसार १ नम्बर क्षेत्रमा नेता ज्ञवालीको एकल नाम क्षेत्रबाट आएको तर २ नम्बरबाट ६ जनाको नाम छलफलमा रहेपनि टुंगो लागेको छैन ।२ नम्बर क्षेत्रीय कमिटीको यसअघिको बैठकमा नेता गोकर्ण विष्टको नाम एकल पठाउन प्रस्तावित भए पनि अन्य आकांक्षी पनि बोलेपछि कुनै निर्णय भएको छैन ।
यो बैठकमा नेतृ रामकुमारी झाँक्री,राजेन्द्र अर्याल, जीवन खरेल, कृष्णप्रसाद आचार्यले आकांक्षा राख्नुभको छ भने डाक्टर नगेन्द्र अर्यालले टेलिफोनमा नाम टिपाउनुभएको थियो । क्षेत्रीय कमिटी सचिव अर्जुन आचार्यले अहिलेसम्म कुनै निर्णय नभएको बताउनुभएको छ । ‘अध्यक्ष रितबहादुर थापा बिरामी परेर बुटवल जानुभएको छ, यसअघिको बैठकमा छ जनाले आकांक्षा राखेको हो, एकल नाममा सहमति भए विष्टको जान्छ नभए सबैको नाम जिल्लामा पठाउने नै हुन्छ होला’ उहाँले भन्नुभयो।








प्रतिक्रिया