काठमाडौं, १८ पुस । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले विशेष महाधिवेशनको औचित्य मंसिर १५ बाटै समाप्त भइसकेको बताउनुभएको छ ।
केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महाधिवेशनको कार्यतालिका हेरफेर गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अहिले पार्टी १५ औं महाधिवेशनमा प्रवेश गरिसकेको बताउनुभयो ।
चुनावको कारणले यसअघिको कार्यतालिका प्रभावित भएको कारणले केही समय पर धकेलेको मात्रै सुनाउनुभयो । बैठकमा केही नेताहरूले फरक मत राखेको उहाँको भनाई छ ।








प्रतिक्रिया