काठमाडौं, १८ पुस । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको म्याद थप गर्ने निर्णय भएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले जेठ मसान्तसम्म म्याद थपको निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो।
यसअघि दुई महिना थपेर माघ मसान्तसम्म बढाइएको थियो । कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचन कार्यसमितिको कार्यकाल यही मंसिरमा सकिनुअघि माघसम्म म्याद थप भएको थियो । आजको बैठकमा महाधिवेशन वैशाख २८(३१ गतेसम्म गर्ने प्रस्ताव कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गर्नुभएको थियो । कांग्रेसको नियमित महाधिवेशन तालिका यही पुस २६÷२८ गते हुने निर्णय मंसिर १५ गतेको केन्द्रीय समितिको बैठकले गरेको थियो । तर उक्त निर्णयसहितको तालिका सबै प्रभावित भएको थियो ।









प्रतिक्रिया