काठमाडौं, १८ पुस। नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले केन्द्रीय समितिलाई तत्काल विशेष महाधिवेशनको पक्षमा निर्णय लिन माग गरेको छ ।महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगितको घोषणा गरेर विकल्पको रूपमा विशेष महाधिवेशनको बाटो अघि सारेका छन् ।
विशेष महाधिवेशन पक्षधरले काठमाडौंमा पत्रकार सम्मेलन गरेर केन्द्रीय समिति विशेष महाधिवेशनको निर्णय लिनुपर्ने नेता सुवास पोखरेलले बताउनुभयो । उहाले आफूहरू पार्टी विभाजनको पक्षमा नरहेको पनि प्रष्ट पार्नुभयो । नियमित महाधिवेशनको कार्यतालिका प्रभावित भइसकेको भन्दै पोखरेलले विधान अनुसार निर्णय लिन आग्रह गर्नुभयो ।









प्रतिक्रिया