आज कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौँ, १८ पुस ।  नेपाली कांग्रेसभित्र महाधिवेशन गर्नुपर्ने र नगर्नेपक्षबीच विवाद उत्कर्षमा पुगेको समयमा केन्द्रीय कार्यसम्पवाद समितिको बैठक बस्दैछ।शुक्रबार दिउँसो ३ बजे ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुलाई उपस्थितका लागि निर्देशन गरिएको छ। बैठक किन बोलाइएको भन्ने मुख्यसचिव पौडेलले खुलाउनुभएको छैन । बिहीबार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कांग्रेसमा नियमित महाधिवेशन स्थगन भएको र अब विशेष महाधिवेशन गर्नुपर्ने बताउनुभएको थियो ।

यसले कांग्रेसमा विवाद सृजना गरेको छ। विशेष महाधिवेशन गर्ने भन्दै महामन्त्री समूहले भृकुटीमण्डमा हलसमेत बुकिङ गरिसकेको छ। तर कतिपयले नेताहरूले आम निर्वाचन नजिकिएको भन्दै महाधिवेशन गर्न नसकिने बताउँदै आएका छन्।तर महामन्त्रीको समूहले विशेष महाधिवेशन गर्नेगरी गृहकार्य थालिसकेको छ।

प्रकाशित मिति: १८ पुस २०८२, शुक्रबार  ०७ : ५१  बजे