काठमाडौं, १७ पुस । पूर्वगृहमन्त्री रमेश लेखकको स्थानहद फुकुवा भएको छ । छानबिन विशेष समितिले लेखकको स्थानहद फुकुवा गरेको हो । लेखकले यसअघि आयोगसमक्ष बयान दिएका थिए । अब पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको मात्रै स्थानहद कायम रहेको छ ।ओलीलाई पनि एक साताको समय दिएर बयानका लागि बोलाउने तयारी आयोगले गरेको छ ।
आयोगले विज्ञप्ति जारी गर्दैै भ्रमण फुकुवा भएको जनाएको छ । आयोगकी शाखा अधिकृत रेश्मा बुढा क्षेत्रीले विदेश भ्रमणमा लगाइएको रोक्का र काठमाडौं उपत्यका छाड्न नपाउने गरी गरिएको व्यवस्था फुकुवा भएको उल्लेख गर्नुभएको छ ।









प्रतिक्रिया