काठमाडौं, १७ पुस । नेपाली बजारमा सुनको मूल्यमा आज पनि गिरावट आएको छ। बुधबार १ हजार १०० ले घटेको सुन आज १ हजार ४०० रुपैयाँले घटेको हो।नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार १ हजार ४०० ले घटेर प्रतितोला २ लाख ५९ हजार ६०० कायम भएको छ।
अघिल्लो दिन एक तोला सुनको मूल्य २ लाख ६१ हजार पुगेको थियो। यस्तै चाँदी भाउ पनि घटेको छ। ५५ रुपैयाँले घटेर एक तोला चाँदीको मूल्य ४ हजार ४१५ रुपैयाँ पुगेको छ। बुधबार सोही परिमाणको चाँदी ४ हजार ४७० रुपैयाँमा खरिदबिक्री भएको थियो।









प्रतिक्रिया