एक वर्षमै विदेशिए १५ लाख २३ हजार नेपाली

काठमाडौं, १७ पुस  ।  नेपालबाट एक वर्षमै १५ लाख बढी नेपाली विदेशिएका छन् । सन् २०२५ मा १५ लाख २३ हजार नेपाली विदेशिएका हुन् ।वैदेशिक रोजगार विभागका प्रवक्ता एवं निर्देशक टीकाराम ढकालका अनुसार यसै अवधिमा १३ लाख १३ हजार १९१ जना नेपाली विभिन्न देशबाट स्वदेश भित्रिएका छन् ।

नेपालीहरू अध्ययन र श्रमका साथ पर्यटन तथा व्यवसायका लागि पनि विदेश जाने गर्छन् । कोरोनाको समयमा विदेशिनेको संख्या कमी आए पनि त्यपछि पुनः बढिरहेको छ ।सन् २०१५ मा १० लाखभन्दा धेरै विदेशी पर्यटक पनि नेपाल भिएका छन् भने ९ लाख ८२ हजार ५६१ जना विदेशी नेपालबाट फर्केको तथ्यांक छ ।

प्रकाशित मिति: १७ पुस २०८२, बिहिबार  ०७ : ५६  बजे