सुनको भाउ आज तोलामा एक हजार १ सय रुपैयाँले घट्यो

काठमाडौं, १६ पुस । आज सुनचाँदीको भाउ घटेको छ । सुन आज तोलामा एक हजार १ सय रुपैयाँले घटेको हो । तोलामा एक हजार १ सय रुपैयाँले घटेर सुन तोलाको २ लाख ६१ हजार रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा ७ हजार ९ सय रुपैयाँले घटेर तोलाको २ लाख ६२ हजार १ सय रुपैयाँ रहेको थियो ।

यस्तै आज चाँदीको भाउ तोलामा एक सय २० रुपैयाँले घटेको छ । भाउ घटेको दिन चाँदी आज तोलाको ४ हजार ४ सय ७० रुपैयाँमा कारोवार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलामा ३ सय ५ रुपैयाँले घटेर तोलाको ४ हजार ५ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: १६ पुस २०८२, बुधबार  १२ : २१  बजे