शीतलहरले बाटो चिप्लो भएपछि दाउन्ने खण्डमा समस्या, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

काठमाडौं,१६ पुस  । शीतलहरका कारण निर्माणाधीन नारायणघाट–बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा समस्या देखिएको छ । विगत केही दिनदेखि आकस्मिक रूपमा भएको शीतलहरका कारण निर्माणाधीन सडकमा समस्या देखिएको हो । सडक सतह चिप्लो हुँदा यातायात आवागमनमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।

सडक विभागको आयोजना निर्देशनालयले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।सडकको केही स्थानमा कल्भर्ट तथा सडक ढलानको काम भई एकतर्फी सडक सञ्चालन भइरहेकाले सवारी साधन सञ्चालनमा थप कठिनाइ हुने सम्भावना रहेको आयोजनाले जनाएको छ । मौसाममा सुधार नहुञ्जेलसम्म यस सडक खण्डमा यात्रा गर्नुअघि सडकको अवस्थाबारे सही तथा अद्यावधिक जानकारी प्राप्त गरी मात्रै यात्रा गर्न आयोजनाले अनुरोध छ ।

सडक खण्डमा यातायात सञ्चालनमा कुनै अवरोध उत्पन्न भएको अवस्थामा पूर्वपश्चिम राजमार्ग हुँदै आउने र जाने सवारी साधन नारायणघाट–मुग्लिङ–पोखरा–स्याङ्जा–पाल्पा हुँदै बुटवल जान सक्नेछन् । यस्तै, कालीगण्डकी चोक ९गैंडाकोट० रामपुर पिपलडाँडा हुँदै जान सक्नेछन् । यस्तै काठमाडौंबाट बर्दघाट पश्चिम जानेर बुटवल–काठमाडौं जाने सवारी साधनहरू काठमाडौं–मुग्लिङ–पोखरा हुँदै यात्रा गर्न सक्नेछन् ।

प्रकाशित मिति: १६ पुस २०८२, बुधबार  ०८ : ०४  बजे