यमनले यूएईका सेनालाई देश छोड्न भनेपछि साउदी अरेबियाले राष्ट्रिय सुरक्षा चेतावनी जारी गर्‍यो

काठमाडौं,१६ पुस। यमनले संयुक्त अरब इमिरेट्स (यूएई) का सेनालाई देश छोड्न भनेपछि साउदी अरेबियाले राष्ट्रिय सुरक्षा चेतावनी जारी गरेको छ । साउदी अरेबियाले राष्ट्रिय सुरक्षा जारी गर्दै यमनले यूएईको सेनालाई २४ घण्टाभित्र देश छोड्न गरेको आह्वानलाई समर्थन गरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।साउदी नेतृत्वको गठबन्धनले दक्षिणी यमनको बन्दरगाह मुकाल्लामा पृथकतावादीहरूलाई विदेशी सैन्य समर्थनका रूपमा वर्णन गर्दै हवाई आक्रमण गरेको थियो ।

यसपछि यमनको साउदी समर्थित राष्ट्रपति परिषद्का प्रमुखले यूएई सेनालाई देश छोड्नका लागि समयसीमा तोक्नुभएको थियो ।साउदी अरेबिया र यूएई दुवै ओपेक तेल निर्यातकर्ताहरूको समूहका प्रमुख सदस्य हुन् । यी दुईबीचको कुनै पनि असहमतिले तेल उत्पादन निर्णयहरूमा सहमतिलाई बाधा पु¥याउन सक्ने खबरमा उल्लेख छ ।यमनको राष्ट्रपति परिषद्का प्रमुख रशाद अल–अलिमीले पनि यूएईसँगको रक्षा सम्झौता रद्द गर्नुभएको यमनी राज्य समाचार एजेन्सीले जनाएको छ । यस्तै उहाँले टेलिभिजनमा दिनुभएको भाषणमा यूएईले दक्षिणी सङ्क्रमणकालीन परिषद् ९एसटीसी० लाई समर्थन गरेर यमनमा आन्तरिक कलहलाई बढावा दिएको आरोप लगाउनुभएको खबरमा उल्लेख छ ।

प्रकाशित मिति: १६ पुस २०८२, बुधबार  ०७ : ५५  बजे