काठमाडौं, १५ पुस । नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा। कुन्जाङ शेर्पा विजयी हुनुभएको छ । डा. गुरुशरण शाह र डा. अजय सिंह थापालाई पराजित गर्दै उहाँ विजयी भएका हुनुभएको हो । शेर्पाले ५ हजार २३४ मत ल्याएर विजय हुनुभएको छ । डा अजय सिंह थापाले १ हजार ८४४ मत ल्याएउनुभएको छ ।
उहाँका प्रतिस्पर्धी शाहले ४ हजार ३५० र थापाले १ हजार ८४४ मत ल्याउनुभयो । शेर्पा वीर अस्पतालमा कार्यरत हुनुहुन्छ। उहाँ मुटुरोग विशेषज्ञ समेत हुनुहुन्छ । पुष ४, ५ र ११ र १२ गते १ उपाध्यक्षसहित ८ सदस्यकालागि भएको निर्वाचनमा भएको थियो।
यसैगरी सदस्यहरुमा डा.छविलाल पन्थी, डा. सारिका गोइत, डा. दीपेन्द्र पाण्डे, डा. योविन यादव, डा. अस्मिता पोखरेल, डा. सम्राट पराजुली, डा रविन बस्नेत र डा. नीना राईले जित हासिल गरेका छन्। सदस्यहरुमा सबै भन्दा बढी भोट डा. पन्थीले ४ हजार ८५७ भोट ल्याउनुभएका छ । डा. गोइतले ४ हजार ४७९, डा. पाण्डले ४ हजार १५, डा. यादवले ३ हजार ६२८ र डा. पोखरेलले ३ हजार ४०४ मत ल्याएउनभुएको छ । यस्तै डा. पराजुलीले ३ हजार २८२, डा. राईले ३ हजार १११ र डा. बस्नेतले ३ हजार ७२ मत ल्याएर सदस्यमा निर्वाचित हुनुभएको छ । काउन्सिलको निर्वाचनमा ११ हजार ९ सय १९ मत खसेको थियो।








प्रतिक्रिया