पपुलिजमको आधारमा मुलुकलाई अघि बढाउन सकिदैन – एमाले नेता ज्ञवाली

काठमाडौं, १५ पुस ।नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले मुलुकमा भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने वातावरण बन्न नसकेको बताउनुभएको छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले भगाईएका कैदी, लुटिएका हतियार र सुरक्षाकर्मीहरुको कमजोर मनोबलाका कारण मुलुकमा भयरहित वातावरणमा कसरी निर्वाचन हुन्छ ? भन्ने यक्ष प्रश्न यथावत रहेको बताउनुभएको हो ।

नेता ज्ञवालीले फागुन २१ का लागि निर्वाचनको मिति घोषणा गरिएपनि विघटित प्रतिनिधि सभाका बहुमत सांसदहरुले विघटनविरुद्ध उठाएका प्रश्नको संवैधानिक तथा न्यायिक परीक्षण हुन पनि बाँकि रहेको अवस्था आएकाले निर्वाचन हुन्छ भन्ने कुनै ग्यारेन्टी नभएको जिकीर समेत गर्नुभयो ।

उहाँले भन्नुभयो,‘फागुन २१ का लागि निर्वाचनको मिति घोषणा गरिएको छ । र एकातिर प्रतिनिधि सभाका बहुसंख्यक सदस्यहरुले प्रतिनिधिसभा विघटनाका विरुद्ध उठाएका गम्भिर प्रश्नको संवैधानिक र न्यायिक परीक्षण हुन बाँकि नै छ । अर्कोतिर भगाईएका हजारौ कैदी, लुटिएका सयौं आधुनिक हतियार र सुरक्षाकर्मीहरुको कमजोर मनोबलका कारण सिर्जित सुरक्षा चुनौतिका बीचमा भयरहित निर्वाचन कसरी सम्भव हुन्छ ? भन्ने यक्ष प्रश्न यथावत नै छ ।’एमाले नेता ज्ञवालीले पपुलिजमको आधारमा मुलुकलाई अघि बढाउन नसकिने पनि स्पष्ट पार्नुभयो ।ल

प्रकाशित मिति: १५ पुस २०८२, मंगलबार  १५ : ४९  बजे