रास्वपाको समानुपातिकमा चितवनका मात्रै २१ जना, ४४ जिल्ला हेरेको हेर्‍यै

काठमाडौं, १५ पुस ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक उम्मेदवारको सूचीमा अधिकांश जिल्लाको प्रतिनिधित्व छुटाएको छ भने अधिकांश प्रतिनिधि चितवन जिल्लाका व्यक्तिलाई मात्रै राखेको छ । सोमबार रास्वापाले निर्वाचन आयोगमा बुझाएको विवरणअनुसार सो पार्टीको समानुपातिकको सूचीमा चितवन जिल्लाका मात्रै २१ जना परेका छन् ।

तर, सो सूचीमा ७७ जिल्ला मध्ये ४४ जिल्ला भने पूर्ण रूपमा छुट्न पुगेको देखिएको छ ।त्यस्तै, रास्वपाले समानुपातिक सूचीमा दोस्रो धेरै प्रतिनिधि अर्थात् १५ जना मोरङ जिल्लाबाट समावेश गरेको छ ।सिरहा, सप्तरी, काठमाडौं र सुनसरी जिल्लाबाट रास्वपाको समानुपातिक सूचीमा ५(५ जनाको प्रतिनिधित्व भएको छ भने ललितपुर र महोत्तरीबाट ४÷४ जना र भक्तपुर र धनुषाबाट ३-३ जनाको प्रतिनिधित्व भएको छ ।

प्राप्त सूचीमा ८ जनाको नाममा नागरिकता जारी गरिएको जिल्लाको नाम खाली छाडिएको छन् । तर, रास्वपाको समानुपातिक सूचीमा कोशी प्रदेशका ४, मधेशका ३, बागमतीका ७, गण्डकीका ७, लुम्बिनीका ८, कर्णालीका ७ र सुदूरपश्चिमका ८ वटा जिल्लाबाट प्रतिनिधित्व हुन सकेको देखिँदैन ।

प्रकाशित मिति: १५ पुस २०८२, मंगलबार  १४ : ३५  बजे