काठमाडौं, १५ पुस । पूर्वपश्चिम राजमार्गको नवलपरासी दाउन्ने खण्डमा शीतले सडक चिप्लो भएपछि गाडी चलाउन समस्या भएको छ । दाउन्ने खण्डको उकालो र ओरालोमा बाटो चिप्लो भएपछि गाडी चिप्लिने समस्या छ ।
इलाका प्रहरी कार्यालय दुम्कीबासका अनुसार १५ घण्टादेखि त्यहाँ गाडी ठप्प भएका छन् । सडकमा गाडी गुड्न नसकेपछि बर्दघाट र दुम्किबासतर्फ जाम लामो रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी युवराज खड्काले जानकारी दिनुभयो ।
घाम लागेर सडकको चिसो सुकेपछि मात्रै सहज हुने उहाँले बताउनुभयो । निर्माणाधीन बुटवल(नारायणगढ सडकखण्ड अन्तर्गत दाउन्नेमा सहज यात्रा गर्ने गरी अहिलेसम्म काम सम्पन्न हुन सकेको छैन ।








प्रतिक्रिया