एमालेले निर्वाचन आयोगमा बुझायो समानुपातिकको बन्दसूची

काठमाडौं, १४ पुस । नेकपा एमालेले निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाएको छ। प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन विभागका प्रमुख निरज आचार्यको टोलीले तीन पुस्ताको संयोजन गरेर आयोगमा ११० जनाको बन्दसूची बुझाएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘एमालेले पुराना, बीचका र युवा गरी तीनवटा पुस्ताको संयोजन गरेका छ।

४० वर्ष मुनिका पनि युवालाई पनि प्राथमिकता दिएको छ।’पुरानो पुस्ताको अनुभव, नयाँ पुस्ताको ऊर्जा र समावेशीतालाई सन्तुलित ढंगले अघि बढाइएको एमालेले जनाएको छ।स्रोतका अनुसार एमालेले पुरानो पुस्तामा रामबहादुर थापा बादल, गुरु बराल, पुष्प कँडेल लगायतका छन्। महिलातर्फ पद्मा अर्याल, टुका हमाल, निरुपाल, कोमल ओली, शान्ता चौधरी, भूमिका सुब्बालगायतको सहभागिता छ।पिछडिएको क्षेत्रबाट गोरख बोगटी, लालबहादुर महतारा, लालबहादुर रावललगायत गरी ८ जना प्रतिनिधित्वमा परेका छन्।

अपाङ्गता भएका समुदायबाट रामबहादुर थापा र यसुदा बराल पनि समानुपातिक सूचीमार्फत समावेश गरिएको एमालेले जनाएको छ।नयाँ पुस्ताबाट निशा घतानी, क्रान्ति बुर्लाकोटी, अनिता कन्दङवालगायतका युवा नेताहरू पनि सूचीमा अटाएका छन्। दलितबाट मिना बराम, मनकुमारी तितुङ, माया देवी पौडेल, निर्मल दउला, रामपुकार दास तत्मा, सन्तबहादुर चेपाङ, इच्छा चौधरीलगायत युवा तथा समावेशी अनुहारलाई अवसर दिइएको छ।एमालेको समानुपातिक सूचीले पुस्तान्तरण, समावेशी प्रतिनिधित्व र क्षेत्रीय सन्तुलनलाई एकसाथ अघि बढाउने प्रयास गरेको सन्देश दिएको दाबी छ छ। मुस्लिमबाट साजिदा सिद्दीकी, मोहम्मद हारून लगायतको नाम रहेको बताइएको छ।

प्रकाशित मिति: १४ पुस २०८२, सोमबार  २१ : ०४  बजे