काठमाडौं, १३ पुस । राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौँ महानगरपालिकाका नगर प्रमुख राजु पाण्डेसँग बयान लिएको छ।जेनजी आन्दोलनबारे छानबिन गर्न आयोगले आयुक्त लिली थापाको संयोजकत्वमा गठन गरेको समितिले पाण्डेसँग आइतबार सोधपुछ गरेको हो। भदौ २३ र २४ गते जेनजी आन्दोलन हुँदा पाण्डेले आन्दोलनकारीलाई सहयोग गर्नुभएको थियो। प्रत्यक्षदर्शीका अनुसार उहाँले २३ गतेको विध्वंस मच्चाउनेलाई उकास्नुभएको थियो । आयोगले आन्दोलनमा महानगर प्रहरीको भूमिका, त्यसलाई रोक्न भएको प्रयास, विध्वंसका बारेमा करिब दुई घण्टा सोधपुछ गरेको थियो। आयोगले यसअघि प्रमुख बालेन शाहसँग पनि बयान लिइसकेको छ।
48
Shares








प्रतिक्रिया