च्यासलमा एमाले सचिवालय बैठक जारी, समानुपातिक सूचीलाई अन्तिम रूप दिइने

काठमाडौं, १३ पुस ।  नेकपा एमालेको सचिवालय बैठक जारी रहेको छ। एमालेले समसामयिक राजनीति र समानुपातिकका उम्मेदवारको अन्तिम सूची तयार गर्न सचिवालय बैठक बसेको हो। केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीका अनुसार ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय बैठक बसेको जानकारी दिनुभयो ।

बैठकमा प्रधानमन्त्रीले शीर्ष तीन दलका नेतासँग गरेको छलफलका बारेमा पनि अध्यक्ष केपी शर्मा ओलीले बैठकमा जानकारी गराउने छन्।फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले आज र भोलि समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउने अन्तिम मिति तोकेको छ। जिल्ला र प्रदेशबाट समानुपातिकका आकांक्षीहरुको नाम संकलन गरेर छोटो सूची तयार भएको छ। आजको बैठकमा विभिन्न नेताहरूले दिएको सुझावका आधारमा समानुपातिकको अन्तिम नामावली तयार गरेर निर्वाचन आयोगमा बुझाउने तयारी छ।

प्रकाशित मिति: १३ पुस २०८२, आइतबार  १६ : ११  बजे