ओलीलाई तोकिएको स्थान हद हटाउने सरकारको संकेत

काठमाडौं, १२ पुस  । सरकारले एमाले अध्यक्ष केपी ओलीलाई तोकिएको स्थान हद हटाउने संकेत गरेको छ। प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताहरूसँग बालुवाटारमा भएको छलफलपछि सञ्चारमन्त्री जगदीश खरेलले चुनावको वातावरण बनाउनको लागि स्थान हद हटाउने सरकार तयार रहेको संकेत गर्नुभयो । उहाँले भन्नुभयो, ‘लक्ष्य अहिले हाम्रो फागुन २१ को चुनाव छ। सुशासन र भ्रष्टाचार नियन्त्रणको कुरा पनि सँगै अघि बढाएका छौँ। चुनावको लक्ष्य र जेनजीको म्यान्डेट आत्मसाथ गर्दै त्यो लक्ष्य प्राप्तिको लागि जेजे उल्झन र समस्याहरू आउँछन्। त्यसलाई क्लियर पार्दै अगाडि बढ्छ। त्यो क्लियर पार्ने कुरामा समझदारी पनि भएको छ।’

प्रकाशित मिति: १२ पुस २०८२, शनिबार  १७ : ४६  बजे