काठमाडौं, १२ पुस । प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेताहरूसँग छलफल गर्नुभएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरबाट छलफल सुरु भएको हो । छलफलमा सहभागी हुन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड पुग्नुभएको छ । अहिले उहाँहरूबीच छलफल चलिरहेको छ ।










प्रतिक्रिया