१३ सहसचिवको सरुवा र पदस्थापन को काहाँ सूचिसहित

काठमाडौं, ११ पुस । गृह मन्त्रालयले ६ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ । मन्त्रालयले उपसचिवबाट सहसचिवमा बढुवा भएका ७ जनाको पदस्थापन गरेको छ । नुवाकोटका सीडीओ एवं सहसचिव शशीधर घिमिरेलाई कारागार व्यवस्थापन विभागमा सरुवा गरिएको छ ।

पर्वतका सीडीओ हरिप्रसाद घिमिरेलाई दोलखाको सीडीओ बनाएर पठाइएको छ ।त्यस्तै, तनहुँका सीडीओ रामकृष्ण अधिकारीको सिन्धुपाल्चोक, भोजपुरका सीडीओ शिवलाल तिवारीको तनहुँ, कञ्चनपुरका सीडीओ लक्ष्मण ढकाललाई इलाम र प्युठानका सीडीओ दीपकराज नेपाललाई पश्चिम नवलपरासीको सीडीओमा सरुवा गरिएको छ ।सहसचिवहरू क्रमशः राजन पौडेललाई भोजपुरको सीडीओ, लक्ष्मीप्रसाद पौडेलको पर्वत, रेखा कँडेलको खोटाङ, शान्तिराज प्रसाईँको प्युठान र उमेशप्रसाद ढुंगानाको लमजुङको सीडीओमा पदस्थापन गरिएको छ ।त्यस्तै सहसचिव मदन कोइरालाको कञ्चनपुर र उपसचिव महेन्द्रकुमार सापकोटालाई सल्यानको सीडीओमा पदस्थापन गरिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: ११ पुस २०८२, शुक्रबार  १९ : ४८  बजे