सभापति देउवाले सञ्चारमन्त्री खरेललाई भन्नुभयो – सरकारले निर्वाचनको वातावरण छिटो बनाओस्

काठमाडौं, ११ पुस  ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारलाई निर्वाचनको वातावरण बनाउन सुझाव दिनुभएको छ ।आज बिहान आफ्नो निवासमा भेट्न पुग्नुभएका सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता जगदिश खरेललाई देउवाले सो सुझाव दिनुभएको हो ।

‘सरकारले निर्वाचनको विश्वसनीय वातावरण बनाइसकेको छैन, छिटो बनाओस्’ देउवाको भनाइ उद्धृत गर्दै उहाँको सचिवालय सदस्यले भन्नुभाये।संसद पुनर्स्थापनाको माग गर्दै केही सांसदहरुले सर्वोच्चमा रिट दायर गरे पनि कांग्रेसको आधिकारिक निर्णय निर्वाचन नै भएको जानकारी गराउनुभएको थियो । खरेलले कांग्रेस सभापति देउवापछि आजै एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डलाई पनि भेट्दै हुनुहुन्छ ।

प्रकाशित मिति: ११ पुस २०८२, शुक्रबार  ११ : २७  बजे