काठमाडौं, १० पुस । पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन जाने बताउनुभएको छ । बिहीबार कांग्रेस पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै लेखकले जने(जी आन्दोलनमा भएका घटनासम्बन्धी जाँचबुझ आयोगमा आगामी सोमबार बयान दिन जान लागेको बताउनुभएको हो ।
आयोगले बयानका लागि शुक्रबार उपस्थित हुन पत्राचार गरेको भन्दै उहाँले आफू भने सोमबार आयोगको कार्यालयमा पुगेर बयान दिने बताउनुभयो । जेन–जी आन्दोलनका क्रममा भएको दमनका बारेमा बयान दिन जाँचबुझ आयोगले लेखकलाई पत्राचार गरेको थियो । पार्टी केन्द्रीय समिति बैठकमा परामर्शपछि लेखक बयानका लागि तयार हुनुभएको हो ।









प्रतिक्रिया