काठमाडौं, १० पुस । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि बाटो लाग्नुभएको छ । उहाँ आफ्ना सहयोगी कुमार बनेको ज्वागलस्थित घरमा १० घण्टासम्म बसेर केही बेरअघि बाहिरिनु भएकोे हो । ज्वागलमा बस्ने क्रममा नयाँ वैकल्पिक शक्ति निर्माणका लागि दर्जन भन्दा बढी व्यक्तिलाई भेट्नुभएको थियो । कुलमान घिसिङ, रवि लामिछाने, अमरेश सिंह, बाबुराम भट्टराईसहित दर्जनौँ व्यक्तिसँग उहाँले एकै स्थानमा बसेर भलाकुसारी गर्नुभयो तर कसैसँग ठोस सहमति हुन सकेन ।
खासगरी कुलमान, रवि र बालेन तीनै भावी प्रधानमन्त्रीका रुपमा देखिएका छन् । यी तीनको स्वार्थ नमिल्दा नयाँ शक्तिहरू मिल्ने सम्भावना पनि कम छ । दिनभरीको राजनितिक भेटघाट सकेपछि बालेन बाहिरिनुभएको हो ।









प्रतिक्रिया