रविलक्षित प्रसाईंको टिप्पणी– बाघ आयो, सहकारी जोगाएर राख्नू

काठमाडौं, १० पुस । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध कडा टिप्णी गर्नूभएको छ। स्याङ्जाको वालिङमा उक्त अभियानले आज गरेको कार्यक्रममा प्रसाईंले रास्वपा सभापति रविलाई लक्षित गर्दै भन्नुभयो, ‘यहाँ बाहिर के भनेर ह्विम चलाइन्छ भने बाघ आयो बाघ ।

बाघ आएको छ बाहिर सहकारी जोगाउनु राख्नू ।’ प्रसाईंले भदौ २४ गते सिंहदबार, अदालतमा आगो लगाउने र रविलाई नख्खुबाट छुटाउने समूह एउटै रहेको दाबी गर्नुभयो । ‘सिंहदरबारमा आगो लाग्यो । त्यही टिम गएर अदालतमा आगो लगायो । त्यही टिम गएर रविलाई छुटायो । रविलाई अहिले जेलबाट निकालियो,’ प्रसाईंले भन्नुभयो । रवि जेलबाट छुटेपछि उहाँलाई भेट्ने प्रति पनि प्रसाई आक्रोशित देखिनुभयो । उहाँले भन्नुभयो, ‘सुदन गुरुङ रविसँग जाने । अर्को, पनि रविसँग जाने भनेपछि मैले भनेको कुरा पुग्यो कि पुगेन ? कत्रो साँठगाँठ रहेछ ?’ रविले आफ्नो भागको बिगो तिर्छु भनेर निस्केपछि दोषी रहेको आफैले स्वीकारेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति: १० पुस २०८२, बिहिबार  १७ : ३८  बजे