काठमाडौं, १० पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ११ किलोको माला लगाएर बधाइसहित शुभकामना दिइएको छ ।काठमाडौं–संखुवासभा सम्पर्क मञ्चका नेता कार्यकर्ताहरूले बुधबार उहाँलाई ११ किलोको मालासहित सम्मान गरेका हुन् ।
एघारौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष बनेकोमा बधाइ दिँदै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमको नेतृत्वमा पुगेका नेताहरूले शुभकामना दिनुभएको हो । काठमाडौंमा भएको महाधिवेशनबाट ओली तेस्रोपटक अध्यक्ष निर्वाचित हुनुभएको थियो ।









प्रतिक्रिया