काठमाडौं, ९ पुस । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालबाट प्रमुख दुई शक्ति राष्ट्र चीन र अमेरिकाका राजदूत एकसाथ फर्किन लाग्नुले देशको भूराजनीति निकै संवेदनशील रहेको संकेत गरेको बताउनुभएको छ ।
नेपालका लागि चिनियाँ राजदूत छन् सङ र अमेरिकी राजदूत डीआर थम्पसनलाई उनीहरूका देशले फिर्ता बोलाएको हो। ‘यस विषयमा एमाले महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत टिप्पणी गर्नुभएको छ’, ‘नेपालको भूराजनीति निकै संवेदनशील अवस्थामा रहेको संकेत प्रमुख शक्ति राष्ट्रका राजदूतहरूको एकसाथ फिर्तीको योजनाबाट बुझ्न सकिन्छ।’









प्रतिक्रिया