आगामी हप्ता यस वर्षको हिउँद यामको पहिलो वर्षा हुने सम्भावना

काठमाडौं, ९ पुस ।  हिउँद लागेपछि एक झर पानी परेको छैन। पश्चिमी बादलले आकाशमा कतैकतै बादल देखा परे पनि चिसो बढाउनेबाहेक अहिले पानी पर्ने सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले बताएको छ। पानी नपर्दा वायु मण्डलमा धुवाँ(धूलोका कणहरू जम्मा भएका छन्। वायु प्रदूषण बढाएको छ।मौसमविद् विनोद पोखरेलले अर्को हप्ता हिउँदयामको पहिलो वर्षा देख्न सक्ने बताउनुभएको छ।‘अर्को हप्ता हामी पहिलो जाडोयामको वर्षा देख्न सक्छौं जसमा मौसम चिसो हुने छ’ उहाँले अनुमान गर्दै भन्नुभएको छ , ‘पहाडी भेगहरूमा हल्का हिउँ पर्नेछ र काठमाडौं र मध्य–पहाडमा सिमसिम पानी पर्नेछ वा बादल मात्र लाग्नेछ।’
अर्को हप्ता तराईमा पानी पर्ने पूर्वानुमान नगरिएको उहाँले बताउनुभयो । ‘तर यसले धेरै चिसो मौसम ल्याउने छ,’ उहाँको भनाइ छ।

प्रकाशित मिति: ९ पुस २०८२, बुधबार  ०८ : १०  बजे