काठमाडौँ, ८ पुस । बंगलादेशमा अर्का एक विद्यार्थी नेताको गोली हानी हत्या गरिएपछि थप हिंसा भड्किएको छ । इक्लाव मञ्चका नेता शरीफ उस्मान हादीको हत्या गरिएको १० दिनपछि नेसनलिस्ट सिटिजन पार्टी (एनसीपी) का नेता मोतलेब सिकदरको हत्या भएको हो ।गत वर्षको विद्यार्थी आन्दोलनको नेतृत्वकर्ता समूहका सिकदरलाई सोनाडांगा क्षेत्रमा गोली हानिएको थियो । गम्भीर घाइते अवस्थामा खुलना मेडिकल कलेजमा भर्ना गरिएका उनको उपचारकै क्रममा निधन भएको हो ।
गत वर्षको विद्यार्थी आन्दोलन सफल भएपछि नेसनलिस्ट सिटिजन पार्टी गठन भएको थियो ।यो पार्टीमा ढाका विश्वविद्यालयका विद्यार्थीहरु ठूलो संख्यामा जोडिएका छन् । सोनाडाँडा क्षेत्रको चुनावी ¥यालीमा सहभागी भईरहेका सिकदरमाथि टाउकोमै ताकेर गोली हानिएको हो ।सिकदरमाथि गोली हान्ने पनि अज्ञात रहेका छन् भने यो हत्यापछि बंगलादेशमा थप अराजकता भड्किने र चुनाव नहुने खतरा बढ्ने देखिएको छ ।









प्रतिक्रिया