काठमाडौँ, ८ पुस । पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार तीन महिनाको उपचारपछि स्वदेश फर्किनुभएको छ । उहाँ भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचारपछि सोमबार स्वदेश फर्किनुभएको हो ।
उहाँ गत भदौ २४ गते जेन-जी आन्दोलनमा घरमै आगजनी हुँदा घाइते हुनुभएको थियो । उहाले स्वदेश फर्किएपछि आफू ग्यास च्याम्बरमा परेर पनि बाँचेको र बचाउन भूमिका खेल्ने सबैलाई धन्यवाद पनि दिनुभयो । उहाँले अबोधपनको मकुन्डो ओढेर जेनजी आन्दोलनको क्रममा देशलाई नष्ट पार्न खोजेको र यो सरकारले कारबाही गर्नुपर्ने माग गर्नुभएको थियो ।









प्रतिक्रिया