काठमाडौँ, ७ पुस । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नियमित महाधिवेशनलाई नियतवश अवरुद्ध गर्न खोजिए विशेष महाधिवेशन नरोकिने बताउनुएको छ ।“हिजो ४५ दिन कांग्रेसको बैठक रोक्नेले नै अहिले सकिँदैन कि अब समय छैन भनेका छन्,” थापाले भन्नुभयो, “अब सकिँदैन भन्नु भनेको धुलोमा पहिला बाल्टीबाट पानी खन्याएर अब हिँड्न सकिँदैन भनेजस्तै हो ।”उहाँले महाधिवेशन अवरुद्ध बनाउने प्रयास गरिए देशभरका कार्यकर्ता आएर विशेष महाधिवेशन गर्ने बताउनुभयो ।
“नियतवश अवरुद्ध गरे देशभरका कार्यकर्ता आएर विशेष महाधिवेशन हुन्छ । त्यसले एउटा परिणाम निकाल्छ,” थापाले भन्नुभयो, “कि नियमित महाधिवेशन सरासर अघि बढ्छ । कि विशेष महाधिवेशन हुन्छ । महाधिवेशन नगरी चुनावमा जाने अवस्था बन्दैन ।”उहाँलेआगामी महाधिवेशनमा सभापतिको प्रत्यासी भएको उल्लेख गर्दै भन्नुभयो, “ मेरो सबैभन्दा ठूलो तागत तपाईंहरु नै हो अब पनि बन्नुपर्छ । ”









प्रतिक्रिया