एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २६ देखि २८ सम्म बस्ने

काठमाडौं, ४ पुस । नेकपा एमालेले पार्टीको आगामी केन्द्रीय कमिटीको बैठक पुस २६, २७ र २८ गते बस्ने निर्णय गरेको छ ।

आगामी दोस्रो बैठकमा केन्द्रीय कमिटीको मनोनयन, पोलिट्ब्युरो र स्थायी कमिटी गठनलगायतका विषयमा निर्णय गर्ने तय भएको छ ।

 

प्रकाशित मिति: ४ पुस २०८२, शुक्रबार  १७ : २२  बजे