जेनजी आन्दोलनका घाइते पत्रकारलाई सम्मान

काठमाडौं, ४ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गर्नुभएको छ ।

आज मन्त्रालयमा विशेष कार्यक्रम गरेर जेनजी आन्दोलनका घाइते पत्रकारलाई सम्मान गर्नुभएको हो । कार्यक्रममा सञ्चारमन्त्री खरेलसँगै मन्त्रालयका सचिव राधिका लगायलसँगै घाइते पत्रकारको उपस्थिति थियो ।

प्रकाशित मिति: ४ पुस २०८२, शुक्रबार  १५ : २९  बजे