काठमाडौं,२ पुस । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदान प्रक्रिया जारी छ। विद्युतीय मतदान मेसिन (इ–भोटिङ) मार्फत मतदान भइरहेको छ।
निर्वाचन आयाेगका अनुसार अहिलेसम्म ७ सय २० मत खसेकाे छ । निर्धारित कार्यतालिकाभन्दा ढिलो गरी सुरु भएको मतदानमा प्रतिनिधिहरू क्रमशः मतदानस्थलमा उपस्थित भएर मत खसालिरहेका छन्। उम्मेदवारहरूको नाम विद्युतीय मतदान मेसिनमा प्रविष्ट गर्न समय लागेका कारण मतदान सुरु हुन केही ढिलाइ भएको थियो।
निर्वाचन आयाेगले इ–भोटिङ प्रणालीलाई सुरक्षित र पारदर्शी बनाउने तयारीसहित मतदान प्रक्रिया सञ्चालन गरिएको जनाएको छ। मतदानस्थलमा प्रतिनिधिहरूको व्यवस्थापन, पहिचान परीक्षण र प्राविधिक निगरानीलाई समेत कडाइ गरिएको छ।
पार्टी नेतृत्व चयनका लागि भइरहेको मतदानप्रति महाधिवेशन प्रतिनिधिहरूको चासो उच्च देखिएको छ। मतदान सकिएपछि मतगणना पनि विद्युतीय प्रणालीमार्फत छिटो र सहज ढंगले सम्पन्न हुने निर्वाचन छ । मतदान सकिएकाे केही समयमा नै मतपरिणाम आउने छ । तर मतदानकाे लागि समय लाग्ने भएकाे छ ।
प्रतिक्रिया