काठमाडौं, १ पुस । नेकपा एमालेको जारी एघारौं महाधिवेशन अन्तर्गत दुई समूहबीच प्रतिस्पर्धा हुँदैछ । अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच भिडन्त हुन लागेको हो । दुवै समूहले छुट्टाछुट्टै प्यानल बनाएका छन् । निर्वाचन आयोगले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिसकेको छ । ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ । आयोगका अनुसार, आज मतदान हुँदैछ । मतदानको समय दिउँसो १२ बजेका लागि तोकिएको भए पनि प्राविधिक पक्ष मिलाउन पर्ने ढिलो सुरु हुने बताइएको छ ।











प्रतिक्रिया