काठमाडौं, १ पुस । नेकपा एमालेको जारी ११औं महाधिवेशनबाट चुनिने नयाँ नेतृत्वको मतदान समय सरेको छ। यसअघि ४ बजेदेखि मतदान हुने भनिए पनि केन्द्रीय निर्वाचन आयोले नयाँ समय जारी गरेको हो। आयोगका अनुसार मतदान आज साँझ ७ बजेदेखि सुरू हुनेछ। आयोगका सचिव डा. कुन्साङ लामाका अनुसार रातभरि मतदान चल्नेछ।
मतदानको समय भोलि १ बजेसम्मका लागि तय गरिएको उहाँले बताउनुभयो। त्यसलगत्तै मतगणना पनि सुरू गरिने उहाँले बताउनुभयो । नयाँ नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलले अध्यक्षमा उम्मेदवार दिनुभएको छ अध्यक्षका आकांक्षी ओली र पोखरेलले प्यानल बनाएर निर्वाचनमा होमिएका हुन्।ओलीका तर्फबाट महासचिवमा शंकर पोखरेल उम्मेदवार छन् भने पोखरेलको तर्फबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार बन्नुभएको छ ।












प्रतिक्रिया