काठमाडौं, १ पुस। नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको चौथो दिन मंगलबार भृकुटीमण्डपमा नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया शुरु हुने क्रममा छ।सर्वसम्मत प्रयास असफल भएपछि अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिष्पर्धा हुने भएको हो।
मंगलबार बिहानैदेखि महाधिवेशनस्थल भृकुटीमण्डपमा प्रतिनिधि तथा कार्यकर्ताहरूको उल्लेख्य चहलपहल देखिएको छ। विभिन्न प्यानलका समर्थकहरू आ(आफ्ना नेताको पक्षमा नारा लगाउँदै भोट माग्न व्यस्त छन्। विद्युतीय मतदान मेसिनको प्रयोग गरिने भएकाले प्रक्रिया छिटो(छरितो हुने अपेक्षा गरिएको छ।
देशैभरीबाट आएका २ हजार भन्दा बढी प्रतिनिधिहरूले पार्टीको आगामी नेतृत्व छान्ने यो प्रक्रियामा उत्साहपूर्वक सहभागी जनाएका छन् । कार्यकर्ताहरूले आफ्ना नेताहरूलाई समर्थन गर्दै महाधिवेशन स्थल वरपर चहलपहल कायम राखेका छन्। महाधिवेशनले पार्टीको संगठन सुदृढीकरण र भावी रणनीतिलाई केन्द्रमा राखेको हो । मतदान सकिएपछि नयाँ नेतृत्व घोषणा हुने भएको छ।








प्रतिक्रिया