राजेन्द्र गौतमले फिर्ता लिए उम्मेदवारी, ओली समूहलाई जिताउन अपिल

काठमाडौँ, १ पुस । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि उपसमहासचिवम उम्मेदवारी दिएका राजेन्द्र गौतमले उम्मेदवारी फिर्ता लिनुभएको छ । उहाँले फेसबुकमार्फत उम्मेदवारी फिर्ता लिएको जानकारी दिनुभएको छ ।

उहाँले भन्नुभएको छ , ‘पार्टीको एघारौँ महाधिवेशनको आज चौथो दिन हो । राष्ट्रिय संकट, चौतर्फी घेराबन्दीको बीचमा भएको यो महाधिवेशनमा जनताले देखाएको अपार सहभागिता, जनसर्मथनप्रति रेड स्यालुट गर्दै केपी शर्मा ओलीको सिंगो टिमलाई विजय गराउन हार्दिक अपिल गर्दै, पार्टीको नेतृत्वको सुझाव र सल्लाहमा उपमहासचिवको पदको उम्मेदवारी फिर्ता गरेको छु, यसपटक पार्टीले तय गरेको खुला केन्द्रीय सदस्यमा अमूल्य मत पाउने विस्वास लिएको छु । धन्यवाद ।

प्रकाशित मिति: १ पुस २०८२, मंगलबार  ०९ : ०५  बजे