काठमाडौँ, १ पुस । भारतको मथुरामा आज बिहानै भएको सडक दुर्घटनामा कम्तीमा ४ जनको जलेर मृत्यु भएको छ। बिहान ४ बजेतिर ७ बस, ३ कार एकआपसमा ठोक्किँदा बसमा आगो लागेको थियो।बसमा आगो लाग्दा ४ जनाको जलेर मृत्यु भएको भारतीय सञ्चारमाध्यामले जनाएका छन्।
दुर्घटनामा २० वटा एम्बुलेन्सले १ सय ५० बढी घाइतेलाई अस्पताल पुर्याएको जनाइएको छ।एक्सप्रेस वेमा भएको दुर्घटनापछि सडकमा चित्कार मच्चिएको स्थानीय प्रहरीले जनाएको छ।बसहरू एकआपसमा ठोकिने बितिकै उद्दार्कर्ताहरु पुगेका थिए। बाक्लो हुस्सुका कारण ठूलो दुर्घटना भएको प्रहरीले जनाएको छ।








प्रतिक्रिया