काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार भोली सोमबारका लागि आकस्मिक बैठक बोलाइएको हो ।
बैठक सोमबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय, ललितपुरमा बस्नेछ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य,आमन्त्रित सदस्य र सातवटै प्रदेश सभापतिको उपस्थिति रहनेछ ।








प्रतिक्रिया