एमालेका सबै क्लस्टरको केन्द्रीय सदस्यमा ४० वर्षमुनिको युवा कोटा रहने, यस्तो छ प्रस्ताव

काठमाडौं, २८ मंसिर । नेकपा एमालेले सबै क्लस्टरको केन्द्रीय सदस्यमा ४० वर्षमुनिका युवाको कोटा राख्ने भएको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनको बन्दसत्रमा महासचिव शंकर पोखरेलले यस्तो प्रस्ताव पेश गर्नुभएको हो ।

उहाँका अनुसार भौगोलिक क्षेत्रका रूपमा कोशी प्रदेश कमिटीमा ४० वर्षमुनिको युवा १ सहित खुला ६ र महिला १ जना रहहनेछन् । यस्तै मधेशमा पनि ४० वर्षमुनिको युवा १ सहित खुला ६ र महिला १ जना रहनेछन् ।

बागमतीमा ४० वर्षमुनिको १ सहित खुला ६ महिला ३ र गण्डकीमा पनि सोही अनुसार हुनेछ । यस्तै कर्णालीमा ४० वर्षको १ युवाहसित खुला ६ महिला ३ र राजधानी प्रदेश कमिटी ४० वर्षमुनिको १ युवासहित खुला ६ र महिला ३ जना रहने प्रस्ताव गरिएको छ ।

प्रकाशित मिति: २८ मंसिर २०८२, आइतबार  १६ : २९  बजे