एमाले महाधिवेशन उदघाटनस्थलमा बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन

काठमाडौं, २७ मंसिर । नेकपा एमालेका एघारौं महाधिवेशन उदघाटन समारोह स्थलको सुरक्षाका लागि विशेष तालिम प्राप्त कुकुरसहित प्रहरी टोली परिचालन गरिएको छ ।विष्फोटक पदार्थ तथा हतियार सुँघेर पत्ता लगाउने कुकुरहरु र बम डिकेटर उपकरणसहित प्रहरीहरु बिहानैदेखि परिचालित छन् ।प्रहरीले उदघाटन समारोहको मञ्च तथा समारोह स्थल वरपर कुकुर डुलाइरहेका छन् ।

अरनिको राजमार्गसँगै जोडिएको भक्तपुर सल्लाघारीको सार्वजनिक जग्गामा महाधिवेशन उदघाटन समारोह हुँदैछ । उदघाटन समारोह आज मध्याह्न १२ बजेदेखि सुरु हुने एमालेले जनाएको छ ।

प्रकाशित मिति: २७ मंसिर २०८२, शनिबार  ०९ : ५८  बजे