बिहानै पुगे एमाले महाधिवेशन उदघाटन स्थलमा कार्यकर्ताहरु

काठमाडौं, २७ मंसिर । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको उदघाटन समारोह स्थलमा कार्यकर्ताहरु बिहानै आइपुगेका छन् । विभिन्न जिल्लाबाट आएका कार्यकर्ताहरू सल्लाघारी क्षेत्रमा देखिन्छन् ।उदघाटन समारोह स्थल वरपर भेला भएकाहरु साँस्कृतिक विशेषतासहितको आकर्षक मञ्चमा पुगेर फोटो खिचाउने इच्छा व्यक्त गरिरहेका छन् ।

तर मञ्च स्थलमा भने जान दिइएको छैन । त्यहाँ जान खोज्नेहरुलाई प्रहरीले अहिले रोकेको छ । एमालेको महाधिवेशन उदघाटन समारोह मध्याह्न १२ बजे सुरु गर्ने तयारी छ । त्यसअघि विभिन्न ठाउँबाट जुलुस निकाल्ने तयारी छ ।

प्रकाशित मिति: २७ मंसिर २०८२, शनिबार  ०८ : ३४  बजे