काठमाडौं, २७ मंसिर । आज देशका धेरैजसो ठाउँमा मौसम सफा छ । अहिले देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा नै रहनेछ ।
आज राति भने देशका धेरै ठाउँमा आंशिक बदलीको सम्भावना रहेको महाशाखाले जनाएको छ । यसैबिच आज बिहान पौने ६ बजे काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ५ दशमलव ५ डिग्री सेल्सियस मापन भएको छ । काठमाण्डौमा चिसो थप बढेको हो ।हिजो काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस रहेको थियो ।









प्रतिक्रिया