ओली संरक्षक बन्नुपर्छ, अध्यक्षमा अर्को नाम आए सहमति हुन्छ –ईश्वर पोखरेल

काठमाडौं, २४ मंसिर ।  नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले केपी ओली बाहेक अरुको लिडरशिप आफूले स्वीकार गर्ने संकेत गर्नुभएको छ । बुधबार काठमाडौंमा सम्पदाकहरूसँग अन्तरक्रिया गर्दै पोखरेलले ओलीबाहेक अरु नेता अध्यक्ष हुने अवस्थामा आफूले त्यसलाई स्वीकारेर अगाडि बढ्ने संकेत गर्नुभएको हो ।

‘पार्टी अध्यक्ष केपी शर्मा ओलीले अभिभावकीय भूमिका खेल्दै संरक्षक भएर बस्नुपर्छ । अहिलेको सन्दर्भमा यसो हु्न सके सहमति हुन सक्छ । ओलीले महाधिवेशनको हलमा औपचारिक रुपमा नयाँ नेतृत्वमा नाम प्रस्ताव गर्नुभयो भने सहमति हुन सक्छ’, पोखरेले भन्नुभयो, ‘अरू हिसाबले सहमति हुँदैन । ओलीले आफू हटेर अर्को नेतालाई अध्यक्ष घोषणा गर्दा मेरो विमति हुँदैन।’

प्रकाशित मिति: २४ मंसिर २०८२, बुधबार  १९ : ५०  बजे