काठमाडौं, २४ मंसिर । सिंहदरवारमा आज आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सरकारले धेरै पटक आश्वासन दिएर पनि आयोगको सिफारिश कार्यान्वयन नगरेको भन्दै आपत्ति जनाउनुभएको हो ।
अध्यक्ष मगरले आयोगका सिफारिश कार्यान्वयन गरेर पीडितलाई मानव अधिकारको प्रत्याभूति दिलाउने काम गर्न सरकारालाई सचेत गराउनुभयो । उहाँले पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था मिलाउन पनि सरकारले आयोगको सिफारिश कार्यान्वयनमा आलटाल गर्न नहुने स्पष्ट पार्नुभयो ।
अध्यक्ष मगरले मानव अधिकारको रक्षाका लागि सरकारले भ्रष्टाचार निर्मूल पार्नका लागि कदम चाल्नुपर्ने आवश्यकता औँल्याउनुभयो । सुशासन कमजोर भएका कारण देशमा मानव अधिकार हननका घटनाहरू बढ्न गएको उहाँको भनाइ छ ।








प्रतिक्रिया